
देशको पहाडी भू-भागमा आज (आइतबार) मौसम बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको अंशिक प्रभाव रहेको छ।
अहिले बिहान देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ।
आईतबार दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहने छ ।
प्रदेश १ र गण्डकी प्रदेश का पहाडी भू-भागका एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।देशको पूर्वी हिमाली भू-भागको एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

