• बुधबार, भाद्र ३१ २०८३

रुसविरुद्धको लडाइमा हालसम्म १३ सय युक्रेनी सेना मारिए- राष्ट्रपति जेलेन्स्की


आइतबार, फाल्गुन २९ २०७८
900
Shares

 युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसको आक्रमणबाट हालसम्म १३ सय युक्रेनी सेना मारिएको बताएका छन् ।

२४ फेब्रुबरीदेखि भएको रुसी हमलामा आफ्ना १३ सय युक्रेनी सेना मारिएको उनले बताएका हुन् । त्यस्तै, करिव ५०० देखि ६०० रुसी फौजले युक्रेन सेनासमक्ष आत्मसमर्पण गरेको जेलेन्स्कीले दाबी गरे ।

यता रुसी सेनाले युक्रेनको राजधानी कीभको दक्षिण क्षेत्रमा रहेको सेनाको हवाई अड्डामा मिसाइल आक्रमण गरेको विवरण सार्वजनिक भएको छ ।

फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याँक्रो र जर्मन चान्सलर ओलाफ सोल्जले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्धबिराम गर्न आग्रह गरेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार