Fuoco 4

काठमाडौँ । भारतको राजधानी नयाँ दिल्लीको गोकुलपुरी इलाकामा आगलागी भएको छ ।
शुक्रबार राति १ बजेतिर भएको आगलागीबाट सात जनाको मृत्यु भएको हो ।
आगलागीबाट ३० घर जलेर नष्ट भएको दिल्ली प्रहरीले जनाएको छ ।
करिब ४ बजे आगो नियन्त्रणमा आएको थियो । आगलागी कारण बारे अनुसन्धान भइरहेको जनाइएको छ ।

