• बुधबार, भाद्र ३१ २०८३

आजदेखि यी १० जिल्लामा हात्तिपाइले विरुद्धको औषधि खुवाइँदै


शनिबार, फाल्गुन २८ २०७८
700
Shares

सरकारले आजदेखि हात्तिपाइले विरुद्धको औषधि खुवाउने कार्यक्रम सुरु गरेको छ।

१० जिल्लामा हात्तिपाइले विरुद्धको औषधि खुवाउने कार्यक्रम सुरु भएको स्वास्थ्य सेवा विभाग अन्तर्गत्को इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

हात्तिपाइले रोग निवारणका लागि ५ जिल्लामा तीन प्रकार र ५ जिल्लामा दुई प्रकारका औषधि खुवाउने कार्यक्रम सुरु भएको छ। तीन प्रकारका औषधि प्रयोग गरिने पाँच जिल्लामा मोरङ, कपिलबस्तु, दाङ, बाँके र कैलाली रहेका छन्। दुई प्रकारका औषधि प्रयोग गरिने जिल्लामा झापा, बारा, लमजुङ, पर्वत र बागलुङ रहेको छ।

विश्व स्वास्थ्य संगठनले सन् २०२० सम्ममा विश्वबाटै हात्तिपाइले रोग निवारण हुने लक्ष्य लिएको थियो। तर नेपालमा अझै पनि जोखिम रहेकाले औषधि वितरण कार्यक्रम हुँदै आएको छ।सरकारले यो अभियानमा करीब ६२ लाख नागरिकलाई आम औषधि सेवन कार्यक्रममा सहभागी गराउने लक्ष्य लिएको छ। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार