
बैंकिङ कसूर मुद्दामा एक फरार प्रतिवादीलाई काठमाण्डौं महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ।
पक्राउ पर्ने काठमाण्डौं रामकोट बस्ने गोरखा बारपाक सुलिकोट गाउँपालिका ३ स्वाराकी ३६ वर्षीया शान्ता कोईराला दवाडी रहेको महाशाखाले जनाएको हो ।
दवाडीलाई उच्च अदालत पाटन ललितपुरको २०७८ मंसिर २१ गतेको फैसलाले नौ लाख ९० हजार जरिवाना तोकेको थियो।
फरार रहेकी महाशाखाको टोलीले सीतापाइलाबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ।

