
नाबालिग बलात्कारको आरोपमा पक्राउ परेका अभिनेता पल शाहका म्यानेजर कृष्ण जोशी पक्राउ परेका छन् ।
शाह जोडिएको घटनामा संलग्न रहेको आरोपमा जोशीलाई तनहुँबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
शाहका म्यानेजर भनिएका उनले यसअघि युट्युबमा विवादास्पद अन्तर्वार्ता दिएका थिए ।पक्राउ परेका जोशीलाई प्रहरीले जिल्ला अदालत तनहुँबाट सात दिनको म्यादसमेत लिएको छ।
जिल्ला प्रहरी कार्यालय, तनहुँमा ११ फागुनमा एक गायिकाले शाहविरुद्ध किटानी जाहेरी दिएकी थिइन् ।
२७ फागुनमा मात्रै प्रहरीकहाँ आत्मसमर्पण गरेका शाहलाई तनहुँ प्रहरी र नवलपरासी प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।

