
चितवनमा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा तीनै जनाको मृत्यु भएको छ ।
शुक्रबार साँझ पाँच बजे इच्छाकामना–२ रमाइलोडाँडास्थित भित्री सडकखण्डमा शक्तिखोरतर्फ जाँदै गरेको प्रदेश २-०३-००२ प ५९८६ नं.को मोटरसाइकल आफैं अनियन्त्रित भएर सडकबाट ४०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी मृत्यु हुनेमा इच्छाकामना गाउँपालिका-३ की ३० वर्षीया प्रतिभा गुरुङ र उनका ५ वर्षीय छोरा आर्यन गुरुङ र उनका भदा इच्छाकामना-२ बस्ने ३४ वर्षका रविन गुरुङ रहेका छन् ।
उनीहरुको शव पोष्टमार्टमको लागि भरतपुर अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

