
गोरखा। जिल्ला सहिद लखन गाउँपालिका-८ छापथोकमा रहेको राम्चे प्राथमिक विद्यालयको ३३ औं बार्षिकोत्सव तथा अभिभावक समारोह सम्पन्न भएको छ।

वडाध्यक्ष कासिनाथ अंगाइको प्रमुख अतिथ्यता तथा बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष रामकुमार श्रेष्ठको अध्यक्षतामा बार्षीक उत्सब तथा अविभावक समारोह सम्पन्न भएको हो । उक्त कार्यक्रमको उद्घाटन वडाध्यक्ष अंगाईलेले गरेका थिए । अंगाईले बिद्यालयलाई भौतिक ,शैक्षिक लगायत जुनसुकै गतिविधिमा अगाडि बढाउन स्थानीय सरकार तयार रहेको बताए ।
कार्यक्रममा वडा सदस्य, विद्यालयब्यबस्थापन समितिका सदस्यहरु, शिक्षक अभिभावक सघंका सदस्यहरु, राम्चे भुतपुर्व बिद्यार्थी मञ्चका अध्यक्ष ,सचिब साथै स्थानीय समाजसेवी तथा बुद्धिजीवीहरु, अक्षयकोषको सस्थापकको सहभागिता रहेको थियो। कार्यक्रमको अबसरमा बिद्यालयमा ३ ओटा अक्षयकोषहरु स्थापना भएको छ।

जगत बहादुर श्रेष्ठ स्मृति अक्षकोष रु.५५,०००, राजकुमार श्रेष्ठ स्मृति अक्षकोष रु.२५,०००, केरमान तथा डल्लिमाया श्रेष्ठ स्मृति अक्षकोष रु.३१,००० गरि जम्मा रु.१,११,००० रुपैयाँको अक्षकोष स्थापना गरिएको विद्यालय ब्यबस्थापन समितिका सदस्य एब्म नव ईन्द्रेणि बुङ्गकोट युवा क्लबका अध्यक्ष राजेश श्रेष्ठले जानकारी दिए।

उक्त कार्यक्रम अमृत बाबू श्रेष्ठ,ओम बहादुर खड्का चन्द्रकुमार श्रेष्ठ लगायतले शुभकामना मन्तब्य राखेका थिए भने प्रध्यापक ओम प्रकाश श्रेष्ठले बिद्यालय प्रतिबेदन प्रस्तुत गरेका थिए ।


