
‘सयौं जुनी’ गीत मार्फत पछिल्लो समयकी गायिका अस्मिता अधिकारीसँग हेमन्तले सहगायन गरेका छन्। अस्मिता र हेमन्तको यो पहिलो सहकार्य हो।
गीतमा प्रेम र समर्पणको भाव समेटिएको छ। गीतको म्युजिक भिडियो पनि सार्वजनिक भएको छ। श्यामश्वेत रसाइलीको संगीत संयोजन रहेको गीतको म्यूजिक भिडियो निर्देशन निकेश खड्काले गरेका हुन्।
म्यूजिक भिडियोमा अभिनेता आकाश श्रेष्ठ र मोडल रियासा दहालले अभिनय गरेका छन्। पारिवारिक प्रेमकथा प्रस्तुत गरिएको म्यूजिक भिडियोमा आकाश र रियासा निकै खुलेका छन्।
