• मंगलबार, साउन १२ २०८३

उत्कृष्ठ काम गर्नेमा गोरखा नगरपालिका गण्डकी प्रदेशमै प्रथम, निर्देशनालयबाट पुरस्कृत


शुक्रबार, फाल्गुन २७ २०७८
1.5K
Shares

गोरखा । गोरखा नगरपालिकालाई गण्डकी प्रदेशकै उत्कृष्ठ स्थानीय तहका रुपमा घोषित गर्दै पुरस्कृत गरिएकाे छ । स्वास्थ्य क्षेत्रमा उत्कृष्ठ काम गरेकाे भन्दै गोरखा नगरपालिकालाई प्रदेशभरकै प्रथम पालिकाका रुपमा घाेषित गर्दै स्वास्थ्य निर्देशनालयले पुरस्कृत गरेकाे हाे ।

आर्थिक बर्ष २०७७/ ७८ मा नगरपालिकाले स्वास्थ्य सेवा प्रभावकारी र जनताकाे सहज पहुँचमा पुर्याएकाेले पुरस्कृत गरिएकाे निर्देशनालयले जनाएकाे छ ।

प्रदेश स्तरीय बार्षिक समिक्षामा तय भएका बिभिन्न जनस्वास्थका सुचकहरुकाे आधारमा गोरखा नगरपालिका गण्डकी प्रदेशभर रहेका ८५ स्थानीय तहमध्ये सर्वाेत्कृष्ठ बन्न सफल भएकाे बताइएकाे छ ।

आज शुक्रबार पाेखरामा आयाेजित स्वास्थ्य कार्यक्रमहरुकाे याेजना सम्बन्धी गाेष्ठीका क्रममा गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारी गुरुङ्गले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तलाई सम्मान पत्र प्रदान गरेकी हुन् ।

गोरखा नगरपालिकालाई काेभिड १९ काे संक्रमण राेकथाम तथा प्रभावकारी ब्यवस्थापन गरेकाे, लकडाउनका क्रममा समेत जनताका घरघरमा गएर सहज सेवा प्रदान गर्नुका साथै स्वास्थ्य चाैकीबाट समेत उत्कृष्ठ सेवा प्रवाह गरेकाे लगायत बिभिन्न सुचकमा सर्वाेत्कृष्ठ अंक ल्याएकाे आधारमा प्रथम घाेषित गरिएकाे निर्देशनालयले जनाएकाे छ ।

त्यस्तै पालुङ्गटार नगरपालिका र सिरानचाेक गाउँपालिका समेत प्रदेशभरमा उत्कृष्ठ दश पालिकामा पर्दै पुरस्कृत भएकाे बताइएकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार