• बुधबार, भाद्र ३१ २०८३

लमजुङमा विद्यार्थी मृत्यु लफडा कायमै, डुम्रे–बेंसीसहर सडक अवरुद्ध


शुक्रबार, फाल्गुन २७ २०७८
580
Shares

लमजुङको मर्स्याङ्दी नदीमा पौडी खेल्ने क्रममा विद्यार्थीको मृत्यु भएको घटनामा लमजुङ प्रहरीले किटानी जाहेरी लिन अस्वीकार गरेको भन्दै पीडित परिवारले पुन: सडक अवरुद्ध गरेका छन्।

बाइसजाँगरका स्थानीयले बन्द गराएपछि डुम्रे–बेंसीसहर सडक खण्ड बिहीबार साँझबाट अवरुद्ध भएको छ। प्रशासनमा बुधबार भएको वार्तामा पीडित पक्षले दिएको उजुरी प्रहरीले लिने र मुद्दा चलाउने सहमतिपछि आन्दोलनका कार्यक्रम फिर्ता लिएर मृतकको शव बुझेको पीडित परिवारले बताएको छ।

उजुरी नै नलिएपछि पुनः आन्दोलन गर्नुपरेको पीडित परिवारले बताएका छन्। तनहुँको भानु नगरपालिका ९, बाइसजाँगरका पीडित परिवारले लमजुङको सुन्दरबजार नगरपालिका ९, सिउँडीबारस्थित फ्युचर स्टार आवासीय माविका सञ्चालक बाबुराम पौडेल, वार्डेन सरोज ओलिया र एक विद्यार्थीविरुद्ध बिहीबार जिल्ला प्रहरी कार्यालयमा कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिन पुगेका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार