

गोरखा । गोरखामा बोलेरो जिपको ठक्करबाट एक युवकको ज्यान गएको छ ।
गोरखा नगरपालिका १३ स्थित गोरखा आँबुखैरेनी सडक खण्डको ३ किलो भन्ने स्थानमा तरकारी बोक्ने जिपको ठक्करबाट आँबुखैरेनी गाउँपालिका ३ बस्ने बर्ष २५ का सञ्जिव बयलकोटीको ज्इान गएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।



जिपको ठक्करबाट गम्भिर घााइते बनेका बयलकोटीको उपचारका लागि चितवन लैजाने क्रममा निधन भएको प्रहरीले बताएको छ ।
आँबुखैरेनीबाट गोरखा आउदै गरेको बाग्मती ०१०२५ च १०७३ नम्बर नम्बरको जिपले प्रदेश ०३ ०२०१४ प ८३२७ मोटरसाइकललाई ठक्कर दिएको थियो ।


