• बुधबार, भाद्र ३१ २०८३

आमा बाबुको सम्झनामा आश्रमको भवन बनाउन पाँच लाख आर्थिक सहयाेग


शुक्रबार, फाल्गुन २७ २०७८
730
Shares

गोरखा । मानव सेवा आश्रम गोरखाको भबन निर्माणका लागि एउटा कोठा निर्माण गर्न पाँच लाख ११ हजार एक सय ११ रुपैयाँ सहयोग जुटेको छ ।

गोरखा नगरपालिका ७ नयाँ बजार घर भई हाल बेलायत बस्ने रेखा राना र डिलेन्द्र रानाले स्वर्गिय बुबा ठाकुरसिंह थापा र आमा उत्तरकुमारी थापाको सम्झनामा उक्त सहयोग गरेका हुन् ।

सहयोग ग्रहण गर्दै मानव सेवा आश्रम गोरखाले स्वर्गिय बुबा आमा प्रति श्रद्धान्जली अर्पण गरेको छ भने सहयोग गर्ने राना दम्पत्ती प्रती धन्यवाद ज्ञापन गरेको आश्रमकी मुना लामाले बताईन । आश्रमका अविभाबक सित्तलकाजी मास्केलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।

मानव सेवा आश्रमले पाँच लाख ११ हजार एक सय ११ रुपैयाँ सहयोग गर्नेको नाममा एउटा कोठा निर्माण गर्ने अभियान थालेको छ । गोरखा नगरपालिका ८ स्थित नगरपालिका रोडमा बन्दै गरेको मानवसेवा आश्रमको बाल शाखामा उक्त कोठा बन्नेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार