• बुधबार, भाद्र ३१ २०८३

नेप्से ह्वात्तै बढ्यो, सेयर कारोबार रकम उस्तै


बिहिबार, फाल्गुन २६ २०७८
540
Shares

सेयरबजारमा आज हरियाली छाएको छ। बजार परिसूचक नेप्से ५२.२१ अंकले र सेन्सिटिभ सूचक ६.२४ अंकले बढेको हो। 

नेपाल स्टक एक्सचेन्जका अनुसार २२६ सेयर कारोबार भएकामा ५६ लाख १० हजार कित्ता बिक्री भएको छ। 

दिनभरिमा ४३ हजार ५३८ पटकको खरिदबिक्रीपछि २ अर्ब ७९ करोड १८ लाख रुपैयाँको कारोबार भएको हो। आज १३ मध्ये १२ उपसूचक हरियो छन्। 

आज कमाउने लगानीकर्ताले ९.९८ प्रतिशतसम्म कमाएका छन् भने गुमाउनेले ३.०८ प्रतिशतले घाटा व्यहोरेका छन्। आज १६ करोडसम्मको सर्वाधिक कारोबार भएको छ। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार