• आइतबार, कार्तिक १६ २०८३

म्यादी प्रहरीमा भर्ना खुलेको छैन : नेपाल प्रहरी


बिहिबार, फाल्गुन २६ २०७८
785
Shares

नेपाल प्रहरीले स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना नखुलाइएको स्पष्ट गरेको छ। प्रहरी प्रधान कार्यालयले बिहीबार एक सूचनामार्फत भर्नासम्बन्धी हालसम्म कुनै सूचना प्रकाशित नगरिएको स्पष्ट गरेको हो।

‘स्थानीय तह निर्वाचन २०७९ को लागि सुरक्षार्थ आवश्यक पर्ने “म्यादी प्रहरी भर्ना सम्बन्धी सूचना जारी भएको भनी सामाजिक सञ्जालमा राखिएको पाइएकोले प्रहरी प्रधान कार्यालयबाट हालसम्म त्यस्तो सूचना प्रकाशित–प्रसारित नगरिएको व्यहोरा जानकारी गराउँदछौं’ प्रहरी प्रवक्ता विष्णु कुमार केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आवश्यक पर्ने म्यादी प्रहरी भर्ना सम्बन्धी सूचना नेपाल प्रहरीको वेवसाइट र सार्वजनिक संचार माध्यममा भविष्यमा प्रकाशित हुने व्यहोरा समेत जानकारी गराउँदछौं।’

बुधबार म्यादी प्रहरीमा भर्ना खुला गरिएको भन्दै ‘फेक’ सूचना सामाजिक सञ्जालमा भाइरल भएको थियो । 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार