• बुधबार, भाद्र ३१ २०८३

‘प्रकाश’ को प्रदर्शन मिति सार्वजनिक


बिहिबार, फाल्गुन २६ २०७८
830
Shares

नेपाली फिल्म ‘प्रकाश’ आगामी वर्षको भदौ १० गते प्रदर्शन हुने भएको छ।

फिल्मको निर्माण पक्षले बुधबार नायक प्रदीप खड्काको जन्मदिनको अवसरमा प्रदर्शन मिति सार्वजनिक गरेको हो।

निर्माण पक्षले पहिलो पोस्टर सार्वजनिक गर्दै यसको जानकारी दिएको हो। सार्वजनिक भएको पोस्टरमा नायक खड्कासँगै नायिका दिया मास्के देखिएकी छन्। पोस्टरमा उनीहरू विकट गाउँको पात्रमा देखिएका छन्।

विकट गाउँका युवाले जागिरको लागि गरेको संघर्षको कथा फिल्ममा देख्न सकिने निर्माण पक्षले बताएको छ। लामो समयअघि चलचित्रको निर्माण सकिए पनि कोरोना महामारीको कारण फिल्म प्रदर्शन हुन सकेको थिएन। यस फिल्मलाई हिन्दी भाषामा पनि प्रदर्शनको तयारी भएको निर्माण पक्षले बताएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार