• बुधबार, भाद्र ३१ २०८३

कुखुराको तौलमा ठगी गर्ने नरेश ओझैया र देवेन्द्र खवास पक्राउ


बिहिबार, फाल्गुन २६ २०७८
905
Shares

This image has an empty alt attribute; its file name is bajaj-0-offer-1.gif

गोरखा। कुखुरा तौलिने क्रममा ठगी गर्ने नरेश ओझैया र देवेन्द्र खवासलाई गोरखा प्रहरीले पक्राउ गरेको छ ।

गोरखा नगरपालिका-९ लक्ष्मीबजार स्थित राजाराम कुँवरको कुखुरा फर्ममा डिजिटल तराजुमा रिमोट मार्फत सेटिङ गरेर कुखुराको तौल घटाएर ठगी गरेको आरोपमा काठमाण्डौको आरके कोल्डस्टोरका कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका ३७ बर्षीय ओझैया र ४१ बर्षीय खवास दुबै पर्सागढी नगरपालिका-२ का हुन । प्रहरीले तौल घटाउन प्रयोग गरेको रिमोट १ थान र डिजिटल तराजु १ थान बरामद गरीएको एसपी केदार खनालले जानकारी दिए ।

उक्त डिजिटल तराजु र रिमोट आवश्यक कारवाहीको लागि नाप तौल विभाग काठमाण्डौ पठाएको उनले बताए । पक्राउ परेका ओझैया र खवासलाई कार्यालयको हिरासतमा राखी घटना सम्बन्धमा थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार