• बुधबार, भाद्र ३१ २०८३

चिर्पटले हानेर भतिजाे मारेकाे आराेपमा गोरखामा एक वृद्ध पक्राउ


बिहिबार, फाल्गुन २६ २०७८
890
Shares

गोरखा । चिर्पटले हानेर भतिजाे मारेकाे आराेपमा गोरखामा एक वृद्ध पक्राउ परेका छन् । मादक पदार्थ सेवन गरी चिर्पटले हानेर भतिजाेकाे हत्या गरेकाे आराेपमा गोरखा नगरपालिका वडा नं १२ छापगाउँका ५९ वर्षीय पदम बहादुर कुमाललाई जिल्ला प्रहरी कार्यालय गोरखाले पक्राउ गरेकाे हाे ।

उनलाई छिमेकी समेत रहेका ४६ वर्षीय भतिजा पर्ने काशीराम कुमालकाे हत्या गरेकाे आराेप छ । रक्सीको नसामा सामान्य कुरामा वाद-विवाद हुँदा भतिज काशीरामलाई काका पदम बहादुरले चिर्पट दाउराले टाउकोमा प्रहार गरी हत्या गरकाे प्रारम्भिक अनुसन्धानबाट खुलेकाे एसपी केदार खनालले बताए ।

फगुन २१ गते राती काशीरामकाे शव उनकै टाैवा अगाडी फेला परेकाे थियाे । टाैवाबाट पराल तान्दालडेर घटना घटेकाे भनिएपनि टाउकोमा चोट देखिएपछि प्रहरीले हत्या आशंकामा अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धानपछि फागुन २५ गते कुमाललाई नियन्त्रणमा लिई साेधपुछ गर्दा पदमबहादुरले रक्सीको मातमा विवादका हुदा चिर्पट प्रहार गरी हत्या गरेकाे स्वीकारेकाे प्रहरीले जनाएकाे छ ।

पक्राउ परेका कुमाललाई जिल्ला अदालत गोरखाबाट ७ दिन म्याद थप गरी थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार