• आइतबार, भाद्र २१ २०८३

आज विश्व मिर्गौला दिवस, ९० प्रतिशत बिरामीमा मिर्गौला बिग्रेपछि मात्रै लक्षण


बिहिबार, फाल्गुन २६ २०७८
730
Shares

आज विश्व मिर्गौला दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

दिवसको अवसरमा सरकार र सरोकारवाला निकायले मिर्गौला सम्बन्धी रोगको विषयमा जनचेतना फैलाउने उदेश्यले विभिन्न कार्यक्रमको आयोजना गर्न लागेको छ ।

मिर्गौला सम्बन्धी समस्या हुनु भनेको पछिल्लो समय सबैले बुझ्न थालेका छन् । तरपनि मिर्गौलामा समस्या किन हुन्छ र कसरी जोगिन सकिन्छ भन्नेमा मानिसहरू अझै सचेत र जानकार हुन सकेका छैनन् । मिर्गौला रोग विशेषज्ञ डा.ऋषि कुमार काफ्लेका अनुसार मिर्गौला रोगको समयमै पहिचान हुन सके मानिस स्वस्थ हुन सक्छ ।

मिर्गौलाले २४ घण्टामा करिब २ सय लिटर रगत छान्ने काम गर्दछ । यस प्रक्रियाबाट रगतमा भएका विकार वस्तु हटाउनुका साथै अत्यधिक पानीलाई पिसाबको माध्यबाट बाहिर निकाली शरीरमा पानीको मात्रामा सन्तुलन कायम गर्दछ । यही महत्वपूर्ण अङ्गमा देखिने रोगलाई नै मिर्गौला रोग भनेर चिनिन्छ ।

डा.काफ्लेले पछिल्लो समय मिर्गौला सम्बन्धी रोग विश्वमा मात्रै नभई नेपालमा पनि बढ्दै गएको बताए । उनले नेपालमा मिर्गौलाका बिरामीलाई सरकारले डायलासिस निः शुल्क गरेको भएपनि मिर्गौला सम्बन्धी रोग लाग्नै नदिनका लागि मानिस अझै सचेत हुन नसकेको उल्लेख गरे ।साथै उनले स्वास्थ्य परीक्षण नगरी सुरुवाती चरणमा मिर्गौला बिग्रिएको थाहा नहुने भन्दै ९० प्रतिशत मिर्गौला बिग्रिएपछि मात्रै बिरामीमा लक्षणहरू देखिने गरेको बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार