
संखुवासभाको मादीमा बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ ।
संखुवासभाबाट झापाको दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस आज बिहान करिब साढे ७ बजे तिर संखुवासभाको मादी नगरपालिका–६ सातघुम्ती भन्ने स्थानमा दुर्घटना भएको थियो ।
दुर्घटनामा १३ जनाको मृत्यु भएको पुष्टि भएको प्रहरीले जनाएको छ । मृतकहरुको पहिचान भइसकेको छैन ।
दुर्घटनामा पाँच जनाको जिवितै उद्धार गरिएको छ । प्रहरीका अनुसार सुवास गोले, युका पोखरेल, तुलसा कडुवाल, बलबहादुर कार्की र अम्बिका कार्कीलाई जीवितै उद्धार गरिएको हो ।

