• आइतबार, भाद्र २१ २०८३

कोरोना सङ्क्रमित बढ्दै, थप २२४ जनामा सङ्क्रमण पुष्टि


बुधबार, फाल्गुन २५ २०७८
650
Shares

दैनिक एक सयभन्दा कम सङ्क्रमित भेटिँदै गएकोमा पछिल्ला दुई दिन सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि देखिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २२४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

१० हजार ९२ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ६८ तथा एन्टिजेन विधिबाट १५६ जनामा सङ्क्रमण पुष्टि भएको छ । मंगलबार १ सय ९४ जनामा सङ्क्रमण पुष्टि भएको थियो । थप २९१ जना सङ्क्रमणमुक्त पनि भएका छन् ।

सङ्क्रमितको सङ्ख्या बढे पनि मृत्यु हुनेको सङ्ख्या भने शून्य रहेको छ । देशभर ५ हजार ६९२ जना सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा थप ९६ हजार ८९ जनाले खोप लगाएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार