• बुधबार, भाद्र ३१ २०८३

प्रधानमन्त्री कप महिला भलिबल चैत १० देखि


बुधबार, फाल्गुन २५ २०७८
2.4K
Shares

बाँके जिल्ला भलिबल संघको आयोजना हुने प्रधानमन्त्री कप आमन्त्रण महिला भलिबल प्रतियोगिताको आठौं संस्करण चैत १० देखि १५ गतेसम्म हुने भएको छ ।

संघले बुधबार वक्तव्य जारी गर्दै प्रतियोगिताको मिति सार्वजनिक गरे पनि सहभागी टिम खुलाएको छैन । ‘अघिल्ला संस्करणहरुमा ६ टोलीको सहभागिता रहेको थियो । यसपल्ट पनि ती टोलीहरु घट्दैनन् । यसबाहेक बंगलादेश र श्रीलंकाबाट पनि टोलीको सहभागिता गराउने पहल भइरहेको छ तर, निश्चित भएको छैन,’ संघका अध्यक्ष टीएस ठकुरीले भने।

प्रधानमन्त्री कपमा नेपालका तीन विभागीय टोली (त्रिभुवन आर्मी, एपीएफ र नेपाल पुलिस), न्यू डायमण्ड एकेडेमी र आयोजक टोलीको सहभागिता निश्चित छ । एउटा भारतीय टोली पनि आउनेछ । दक्षिण एसियाकै अग्रणी महिला भलिबल प्रतियोगिताको रुपमा विकास गर्ने उद्देश्य राखिएको यो प्रतियोगिताको अघिल्लो संस्करण एपीएफले जितेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार