• आइतबार, भाद्र २१ २०८३

गण्डकीमा थप १३ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि


बुधबार, फाल्गुन २५ २०७८
790
Shares

गण्डकी प्रदेशमा थप १३ जनामा कोरोना भाइरस पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो ४८ घण्टामा गण्डकीका ३२० जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

बुधवार संक्रमण पुष्टि हुनेमा गण्डकीका ३ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका १० जना, बागलुङका एक जना र म्याग्दी जिल्लाका २ जनामा कोरोना पुष्टि भएको छ। आज संक्रमण पुष्टि भएकासँगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १ लाख एक हजार ९४५ पुगेको छ ।

यस्तै पछिल्लो ४८ घण्टामा गण्डकीबाट २१ संक्रमणमुक्त भएका छन् । योसँगै, प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या १ लाख ३१६ पुगेको छ। भने, अहिले प्रदेशभर १६४ सक्रिय संक्रमित छन् । गण्डकीमा कोरोना संक्रमणकै कारण हालसम्म ज्यान गुमाउनेको संख्या १४६५ रहेको निर्देशनालयले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार