
नेपाल अण्डा उत्पादक संघले अण्डाको खुद्रा मूल्य बढाएको छ ।
उत्पादनमा महँगिएको लागतसँग सन्तुलन मिलाउन संघको मंगलबार बसेको विशेष बैठकले अण्डाको बिक्री मूल्य नयाँ निर्धारण गरेको संघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
संघका अनुसार आज बुधबारदेखि लागू हुने अण्डा गोटामा १ रुपैयाँ र क्रेटमा ३५ रुपैयाँ बढाएको छ । यसअघि प्रतिगोटा १५ रुपैयाँ रहेको अण्डाको मूल्य प्रतिगोटा १६ रुपैयाँ पुगेको छ ।
प्रतिक्रेट ठूलो अण्डा ३९५ र मिडियम ३६५ रुपैयाँ बिक्री मूल्य निर्धारण गरिएको संघले जनाएको छ । माघमा प्रतिक्रेट ठूलो अण्डा ३६५ रुपैयाँ र मिडियम ३३५ रुपैयाँ थियो ।

