• मंगलबार, साउन १२ २०८३

दरौंदी नदीमा डोजरका सह-चालक मृत भेटिए


बुधबार, फाल्गुन २५ २०७८
605
Shares

गोरखा। मंगलबारदेखि बेपत्ता भएका गोरखाका विकास भट्ट मृत फेला परेका छन् ।

गोरखा नगरपालिका – १० छेवेटारको ठुटेबजारस्थित दरौंदी नदीमा बेपत्ता भएका २२ वर्षीय भट्टको शव आज बिहान नदीमा फेला परेको प्रहरीले जनाएको छ ।

भीमसेन थापा गाउँपालिका-१ का भट्ट डोजरको सह–अपरेटरको काम गर्दै आएका थिए । उनी मंगलबारदेखि बेपत्ता भएका थिए ।

उनको नदी किनारमा लुगा, चप्पल, मोवाइल र पैसासमेत प्रहरीले फेला पारेको छ । भट्ट पौडी खेल्न नदीमा हाम फालेको हुनसक्ने अनुमान गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार