• बुधबार, भाद्र ३१ २०८३

डढेलो निभाउन जाँदा दाजुको मृत्यु, भाइ गम्भीर घाइते


बुधबार, फाल्गुन २५ २०७८
875
Shares

म्याग्दी । पश्चिम म्याग्दीमा डढेलो निभाउने क्रममा एक युवकको जलेर मृत्यु भएको छ ।

मालिका गाउँपालिका–५ स्थित भिरखर्क सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा मंगलबार दिउँसो तीन बजे २६ वर्षीय मबहादुर बोहराको जलेर मृत्यु भएको हो । डढेलोमा परेर मृतक बोहराका २१ वर्षीय भाइ मनबहादुर गम्भीर घाइते भएका छन् ।

घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र, दरबाङमा उपचारपछि थप उपचारको लागि हेलिकप्टरमार्फत काठमाडौँ पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

सोमबार रातिदेखि जंगलमा लागेको डढेलो बस्तीमा आउन लागेपछि निभाउन जाँदा जलेर बोहराको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमको लागि बेनी अस्पताल ल्याउने तयारी भइरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार