• बुधबार, भाद्र ३१ २०८३

आईओसीलाई भुक्तानी गर्न आयल निगमलाई सरकारले रु. ४.२५ अर्ब दिने


बुधबार, फाल्गुन २५ २०७८
605
Shares

This image has an empty alt attribute; its file name is bajaj-0-offer-1.gif

सरकारले सञ्चित बचत शून्यमा झरेपछि अप्ठ्यारोमा पुगेको नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको खरिदका लागि थप रकम उपलब्ध गराउने भएको छ।

मूल्य स्थिरीकरण कोषको बैठकले निगमले इन्डियन आयल कर्पोरेसन (आईओसी) लाई भुक्तानी गर्नुपर्ने पहिलो किस्ताबापतका नपुग ४ अर्ब २५ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो। गत बिहीबार पेट्रोलियम पदार्थको मूल्य समायोजनपश्चात पनि १५ दिनमा करिब २ अर्ब ५० करोड घाटा रहेको निगमले जनाएको छ। 

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य आकासिएपछि निगमको खरिद मूल्य बढेर घाटा बढ्दै गएको छ। निगमले आईओसीलाई मार्च महिनामा बुझाउनुपर्ने पहिलो किस्ताबापतको रकम अपुग भएपछि मूल्य स्थिरीकरण कोषबाट नपुग रकम उपलब्ध गराउन माग गरेको थियो। यसअघि स्थिरीकरण कोषबाट गत जनवरी महिनामा निगमलाई १  अर्ब ८० करोड रुपैयाँ उपलब्ध गराइएको थियो।

निगमले प्रत्येक महिनाको ८ र २३ तारिखका दिन आईओसीलाई किस्ता बुझाउँदै आएको छ।निगमलाई रकम उपलब्ध गराउने सरकारको निर्णयबाट पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाइराख्न मद्दत पुग्ने प्रवक्ता विनितमणि उपाध्यायले बताए। पछिल्ला दिनमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढिरहेकाले आईओसीलाई भुक्तानी गर्नुपर्ने रकम अझ धेरै नै नपुग हुने स्थिति देखिएको निगमले जनाएको छ। -रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार