• बुधबार, भाद्र ३१ २०८३

लमजुङको सिउँडीबार क्षेत्रमा बिहानैदेखि अनिश्चितकालीन कर्फ्यू


बुधबार, फाल्गुन २५ २०७८
1.9K
Shares

लमजुङ । लस्थानीय प्रशासनले लमजुङको सिउँडीबार क्षेत्रमा आज बिहानैदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेकाे छ।

सुन्दरबजार नगरपालिका–९ को सिउँडीबारस्थित फ्युचरस्टार आवासीय माध्यमिक विद्यालयका कक्षा १० मा पढ्ने १८ वर्षीय छात्र सनिज श्रेष्ठको हिजो (मंगलबार) मृत्यु भएपछि तनाव बढ्नसक्ने भन्दै कर्फ्यू लगाइएको हो ।

हिजो दिउँसो मर्स्याङदी नदीमा पौडी खेल्ने क्रममा डुबेर तनहुँको भानु नगरपालिका ९, बाइसजाँगरका श्रेष्ठको मृत्यु भएको थियो । विद्यार्थीको मृत्युको विषयलाई लिएर उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गरी कर्फ्यू लगाइएको जनाइएको छ ।

छात्राबासका वार्डेनले बिदाको दिन (मंगलबार) विद्यार्थीलाई नदीमा पौडी खेल्न लगेका थिए । तर, पौडी खेल्ने क्रममा श्रेष्ठको निधन भएपछि आफन्तले फ्युचरस्टार स्कुलको गेट तोडफोड गरेका थिए । उनीहरूले २ वटा स्कुल बस, गाडी र भ्यान तोडफोड गरेपछि स्थिति नियन्त्रणमा लिन कर्फ्यू जारी गर्नुपरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार