• मंगलबार, साउन १२ २०८३

६ हजार ३९४ जनामा नमुना परीक्षण गर्दा १९४ जनामा कोरोना, एकको मृत्यु


मंगलबार, फाल्गुन २४ २०७८
540
Shares

देशभर थप १९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार थप १९४ जनामा संक्रमण पुष्टि भएको हो। ६ हजार ३९४ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

३ हजार ६३८ जनाको पिसिआर गर्दा ७४ र २ हजार ७५६ जनाको एन्टिजेन परीक्षण गर्दा १२० जनामा संक्रमण पुष्टि भएको हो। योसँगै देशभर ५ हजार ८७५ जना सक्रिय संक्रमित छन्।

३४८ जना संक्रमित निको समेत भएका छन्। यसको संक्रमणबाट पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ।

यस्तै काठमाडौंमा २३ संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा १६ र ललितपुरमा ७ संक्रमित थपिएका छन्। भक्तपुरमा भने संक्रमितको संख्या शून्य छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार