• बुधबार, भाद्र ३१ २०८३

 युक्रेन संकट : सूमीमा हवाई हमला बढ्यो, ९ को मृत्यु


मंगलबार, फाल्गुन २४ २०७८
795
Shares

युक्रेनको सूमीमा भएको बमबारीमा ९ जनाको मृत्यु भएको छ ।समाचार एजेन्सी एएफपीले उद्धारकार्यमा संलग्न अधिकारीलाई उद्धृत गर्दै यसबारे जानकारी दिएको हो ।

सूमीमा जारी हवाई बमबारीका कारण थुप्रै घर ध्वस्त भएका छन् भने एक भवनमा भयानक आगलागी भएको छ ।यसै हमलामा ९ जनाको मृत्यु भएको छ जसमा दुई बच्चा पनि समावेश छन् । हमलामा एक महिला घाइते भएकी छिन् ।

सूमी त्यहि इलाका हो जहाँ करिब ७ सय भारतीय विद्यार्थी फसेका छन् । किभको पश्चिमस्थित ज्योतिमिरको चेरनियाखिवको एक तेल डिपोमा लागेको आगो मंगलबार बिहान निभाइएको छ ।

पूर्वी युक्रेनको खारकिभमा जारी रुसी हमलामा एक ९ तले भवनमा आगलागी भएको छ । यो आगो निभाउन करिब चार घण्टाभन्दा बढी समय लाग्यो । यस्तै, चार जनाको मृत्युको खबर पनि छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार