• बुधबार, भाद्र ३१ २०८३

कार्यसम्पादन मुल्याङ्कनमा पालुङटार पहिलो र शहिद लखन दोस्रो


मंगलबार, फाल्गुन २४ २०७८
1.8K
Shares

गोरखा। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको मुल्याङ्कनमा गोरखा जिल्लाको पालुङटार नगरपालिका पहिलो भएका छन् भने शहिद लखन गाउँपालिका दोस्रो भएको छ।

जिल्लाको ११ स्थानीय तह मध्ये पालुङटार नगरपालिकाले ६८.१५ अंक प्राप्त गरेर पहिलो भएका हुन् भने शहिद लखन गाउँपालिकाले ६३.४६ अंक प्राप्त गरेर दोस्रो भएका हुन्।

यस्तै वित्तिय समानीकरणको अनुदान सिफारिसका लागि आयोगले गरेको कार्यसम्पादन मुल्याङ्कनमा आरुघाट गाऊँपालिकाले ५९.५१ प्रतिशत अंक प्राप्त गरी तेस्रो स्थानमा रहेको छन भने गोरखा नगरपालिका ५८.६२ प्रतिशत अंक प्राप्त गरी चौथो अङ्क स्थानमा रहेको छ । सिरानचोक गाऊँपालिका ५८.५६, अजिरकोट ५६.१५ तथा गण्डकी गाऊँपालिका ५५.९१ प्रतिशत अंक प्राप्त गरेका छन् ।

वारपाक सुलिकोट गाऊँपालिका ५५.८२, चुमनुब्री गाऊँपालिका ४६.४३, भिमसेन थापा गाऊँँपालिका ४६.४० र धार्चे गाऊँपालिका ४४.९७ प्रतिशत अंक प्राप्त गरेको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सह सचिव एवम् सूचना अधिकारी कृष्ण बहादुर बोहराले जानकारी दिएका छन् ।

संघीय संचित कोषबाट स्थानीय सरकारलाई प्रदान गरिने समानीकरण अनुदान सिफारिसका लागि कार्य सम्पादन मूल्यांकन गरिएको हो । कार्यसम्पादन मूल्यांकन गर्न स्थानीय तहका लागि १७ सूचक रहेका थिए ।

This image has an empty alt attribute; its file name is bajaj-0-offer-1.gif

यहि मूल्यांकनका आधारमा आयोगले आर्थिक वर्ष २०७९/८० का लागि संघबाट स्थानीय तहमा प्रदान हुने समानीकरण अनुदानको रकम वितरणका लागि सरकारलाई सिफारिस गर्ने बोहराले बताए । समयमै बजेट पेश गरे र नगरेको, असार मासन्तभित्र बजेट पास गरे-नगरेको, राजस्व बाँडफाँट गरेरनगरेको, आगामी आर्थिक वर्षको बजेटको अनुमान अर्थमन्त्रालयमा पुस मसान्तभित्र पेस गरेरनगरेको विषयमा मूल्यांकन गरिएको हो ।

आन्तरिक राजस्वको लक्ष्य र संकलन, अघिल्लो आर्थिक वर्षको बजेट र खर्चको अवस्था, बेरुजु, सुत्रको प्रयोग, आवधिक योजना तय गरेरनगरेको, विद्यालयमा विद्यार्थी भर्नाको अवस्था, गर्भवती महिलाको संख्या, संस्थागत प्रसुति संख्या, बालबालिकाको संख्या, खोप लगाएका बालबालिकाको संख्या लगायत शिर्षकका सूचकमा आयोगले स्थानीय तहलाई अंकभार दिएको हो ।

६० प्रतिशत भन्दा बढी अंक प्राप्त गर्नेमा शहिद लखन गाऊँपालिका र पालुङटार नगरपालिका मात्रै रहेका छन् । यस अघि शहिदलखन गाउँपालिका कार्यसम्पादन मूल्याङ्कनमा गण्डकी प्रदेशमा पहिलो र नेपालभरीमा चौँथो स्थानमा रहेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार