• बुधबार, भाद्र ३१ २०८३

अन्तर्राष्ट्रिय महिला दिवसका दिन अभिनेत्री रेखा थापा भन्छिन् : पुरुषलाई पनि पीडा छ


मंगलबार, फाल्गुन २४ २०७८
440
Shares

This image has an empty alt attribute; its file name is bajaj-0-offer-1.gif

आज ११२औं अन्तर्राष्ट्रिय महिला दिवस, विश्वभर महिला अधिकारको आवाज उठाउँदै मनाइँदै छ।  यस अवसरमा नेपालमा पनि महिलाविरुद्ध हुने भेदभाव, हिंसाको विरोध गर्दै विभिन्न कार्यक्रम गरिँदै छ। 

यसै सन्दर्भमा अभिनेत्री रेखा थापाले भने महिला दिवस पुरुषविरुद्ध होइन, उनीहरूलाई पनि पीडा रहेको बताएकी छन्।  

मंगलबार बिहान ११२औं अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना दिँदै थापाले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘पुरुषको विरुद्ध होइन, पुरुषलाई पनि पीडा छ।’

पुरुषहरूले पाएको दुःख घटाउन घरमा एउटा योद्धा छोरी जन्मिनुपर्ने उनले उल्लेख गरेकी छन्। उनले भनेकी छन्, ‘कमजोर महिलाको पति, बुवा, भाइ वा प्रेमी सबै कमजोर बन्न पुग्दछन्।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार