• बुधबार, भाद्र ३१ २०८३

बूढानीलकण्ठ हात्तीगौंडामा डिशहोम फाइबरनेटको सहवितरण सोरुम


मंगलबार, फाल्गुन २४ २०७८
620
Shares

डीटीएच र इन्टरनेट सेवा विस्तार गरिरहेको डिशहोम फाइबरनेटले बूढानीलकण्ठस्थित हात्तीगौंडामा पनि सहवितरण सोरुम खोलेको छ ।

फागुन २२ गतेदेखि सीएम टे्रडिङ्ग अन्र्तरगत रहेको लक्की ग्यालरीले आफ्ना सेवा दिने डिशहोमले जनाएको छ ।

डिशहोमका क्षेत्रीय बिक्री प्रबन्धक उज्वल न्यौपाने, बिक्री अधिकृत मदन सापकोटा, सागर नारायण जोशी, बजार अधिकृत अनिल ठाकुर र सीएम टे्रडिङ्गका तर्फबाट गोपालमान श्रेष्ठ, बिक्री अधिकृत प्रकाश श्रेष्ठ र विक्रम लामा शोरुम उद्घाटनमा उपस्थित थिए ।

लक्की ग्यालरीले लामो समययता डिश मिडिया नेटवर्कसँग सहकार्य गरी डिशहोमको डीटीएच सेवा ग्राहकमाझ पुर्याइरहेको थियो । अब डिशहोम फाइबरनेट बिक्री र बिक्री पछिको सेवा पनि ग्यालरीले प्रदान गर्ने बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार