
ललितपुरमा एकै परिवारका पाँच जना मृत भेटिएका छन्।
ललितपुरको कोन्ज्योसोम-४ नल्लुमा चार जना मृत फेला परेको र एकजनाको उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी यज्ञविनोद पोखरेलले जानकारी दिए।
घरमा बेलुका सुतेको विहान हेर्दा मृतक फेला परेको पोखरेलले बताए।
‘दुई दिनको शिशु र उसको बाबुलाई उपचार गर्न लगिएकोमा पाटन अस्पताल ल्याउँदा बच्चाको मृत्यु भइसकेको थियो’ भने बाबुको उपचार भइरहेको बताएका छन।
घटनास्थलमा डीएसपी पुगिसकेको भन्दै उनले फरेन्सिक डाक्टरको टिम लिएर आफू पनि जान लागेको र विस्तृत विवरण पछि आउने बताए।

