• बुधबार, भाद्र ३१ २०८३

‘प्रेमगञ्ज’ भदौ ३ मा प्रदर्शन हुने


सोमबार, फाल्गुन २३ २०७८
700
Shares

फिल्म ‘प्रेमगञ्ज’को प्रदर्शन मिति तय भएको छ। फिल्म क्षेत्रका बिभिन्न व्यक्तिको शुभकामनासहित आउने भदौ ३ गतेबाट फिल्म प्रदर्शनमा आउने घोषणा गरिएको हो।

निर्माण टिमले सार्वजनिक गरेको भिडिओमा नीर शाह, विकासराज आचार्य, नरेन्द्र महर्जन, छबी ओझा, दिपेन्द्र के खनाललगायतका ब्यक्तिहरुले फिल्मलाई दिएको शुभकामनासहित प्रदर्शन मिति घोषणा गरिएको हो। निर्माण टिमले फिल्मको प्रदर्शन मिति घोषणामा केही फरक पन दिएको दाबी गरेको छ।

यो फिल्मबाट तेज गिरीले डेब्यु गर्दैछन्। तेज पेसाले बैंकर हुन्। तेज र बेनिशाबाहेक फिल्ममा सम्पदा बानियाँ, पवन भट्टराई, सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का आदि कलाकारको अभिनय छ। सुप्रिया, प्रशान्त, सिमरन अडिसनबाट छानिएका हुन्। फिल्ममा नरेश पौडेल, रश्मी भट्ट, सञ्जोग रसाइली, गीता अधिकारीको पनि अभिनय देख्न सकिन्छ ।

राजु फुँयालको प्रस्तुति रहेको फिल्म चलचित्र चौतारीको ब्यानरमा बनेको हो। यस फिल्मका कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन्। सञ्जय लामाको छायांकन रहेको फिल्म डेढ करोडको लगानीमा बनेको हो। यसअघि भ्यालेन्टाइनको दिन पारेर निर्माण टिमले फिल्मको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार