• बुधबार, भाद्र ३१ २०८३

मन्त्रि हरिशरण आचार्य सवार गाडी तनहुँमा दुर्घटना


सोमबार, फाल्गुन २३ २०७८
1.8K
Shares

गोरखा । पृथ्वीराजमार्ग अन्तगत तनहुमा व्यास नगरपालिका १ सुगम पेट्रोल पम्प अगाडी गण्डकी प्रदेशका मन्त्रीको गाडी दुर्घटना परेको छ ।

ग १ झ ६०० नम्बरको स्कोरपिया र एउटै दिशातर्फ जादै गरेको मोटरसाइकल दुर्घटना भएको हो । तालघरेबाट दमौलीतर्फ आउदै गरेको गण्डकी प्रदेशको उर्जा मन्त्री हरिशरण आचार्यको गाडी सोमबार बिहान पेट्रोलपम अगाडीको पोलमा ठोक्कीएको हो ।

गाडीमा ५ जना सवार रहेका थिए । एउटै दिशातर्फ जादै गरेको मोटरसाइकल दाया तर्फ जादै गर्दा मोटरसाइकल बचाउन खोज्दा दुर्घटना भएको हो । गाडीमा सवार मन्त्रि आचार्यसहित सबै सकुसल स्वकिय सचिव रबिन आचार्यले सिभिलखबरलाई जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार