

गोरखा । गोरखा जिल्ला लिग कप फुटबल प्रतियोगीता आइतबार तीन खेल भएका छन् । आइतबार सतिपिपल र मस्र्याङ्दी युवा क्लव वीचको खेलमा सतिपिपल ४-२ को अन्तरले बिजय भएको छ ।
त्यसैगरी अर्को खेलमा वौद्ध हिमाल युवा क्लव र मस्र्याङ्दी बिच भएको खेलमा १-१ बराबरीमा रोकिएको थियो । दि गुर्खाज युनाइटेड र च्याङ्ली स्योट्स क्लव वीच भएको खेलमा च्याङ्ली बिजयी भएको छ ।



च्याङ्लीले ३-२ को अन्तरालले दि गुर्खाजलाई हराएको हो । चैत ५ गतेसम्म चल्ने प्रतियोगितामा आज विभिन्न खेल हुनेछन् । प्रतियोगिता हरमटारी क्लव, दि गुर्खाज युनाईटेड, द ओसन क्लव, सुर्योदया युवा क्लव र सतिपिपल क्लव आवद्ध छन् ।
पालुङ्टार नगरपालिकाबाट चेपे आदर्श युवा क्लव, आदर्श युवा क्लब बौद्ध हिमाल क्लव च्याङ्ली स्पोटर्स क्लवले भाग लिएका छन । अखिल नेपाल फुटबल संघ (ऐन्फा) गोरखाको आयोजना मा एन्फा गोरखाको आयोजनामा छेवेटारमा जारी प्रतियोगितामा बिजेतालाई नगद एक लाख र उपबिजेतालाई नगद ५० हजार पुरस्कार प्रदान गरिने एन्फा गोरखा अध्यक्ष दीपेन्द्र श्रेष्ठले बताए ।



बिजेता टिमले गण्डकी प्रदेश स्तरको प्रतियोगितामा सहभागिता जनाउन पाउनेछ भने शहीद स्मारक सी डिभिजन मा प्रबेश पाउने उनले जानकारी दिए । गत बर्ष बौद्ध हिमाल क्लब बिजेता भएको थियो ।
