• बुधबार, भाद्र ३१ २०८३

आन्तरिक उडानमा बढाइयो भाडादर, कहाँको कति ? (सूचीसहित)


आइतबार, फाल्गुन २२ २०७८
695
Shares

आन्तरिक हवाई उडानको भाडा बढेको छ। नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएपछि निजी क्षेत्रका वायुसेवा कम्पनीहरूले आन्तरिक उडानको भाडादर बढाइएको हो।

आइतबार आजदेखि लागु हुनेगरी इन्धन शुल्क बढेको र भाडामा पनि वृद्धि भएको यति एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । सबैभन्दा धेरै विराटनगर-नेपालगञ्ज रुटको भाडा ५४० रुपैयाँले बढेको छ । यस्तै काठमाडौ-भैरहवाको भाडा २०५ रुपैयाँ बढेको छ ।

यस्तै काठमाडौ-भद्रपुरको तीन सय, काठमाडौ-सुर्खेतको ३४५ र काठमाडौ-नेपालगञ्जको ३३० रुपैयाँ भाडा बढेको छ । नेपाल आयल निगमले गत बिहीबार पेट्रोल–डिजेल र मट्टीतेलसँगै हवाई इन्धनको पनि मूल्य वृद्धि गरेपछि निजी उडान कम्पनीहरूले भाडा बढाएका हुन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार