
पछिल्लो २४ घण्टामा थप ६८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यसअघि शनिबार ९१ जनामा संक्रमण पुष्टि भएको थियो ।
मन्त्रालयका पछिल्लो २४ घण्टामा जम्मा ४ हजार ९२९ जनामा परीक्षण भएको थियो । यस्तै पछिल्लो २४ घण्टामा ५३८ जना निको हुँदा २ जनाको भने मृत्यु भएको छ । यससँगै देशभर हाल ६ हजार ४६१ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।
