• बुधबार, भाद्र ३१ २०८३

पोखरा–जोमसोम उडान सुरु


आइतबार, फाल्गुन २२ २०७८
560
Shares

पोखरा–जोमसोम रुटमा आइतबारदेखि नियमित उडान सुरु भएको छ । तारा एयरले यो रुटमा उडान सुरु गरेको हो ।

कोभिड-१९ को तेस्रो लहर सुरु भएपछि गत डिसेम्बरदेखि यो रुटमा उडान बन्द भएको थियो ।आइतबार मात्र कुल ५ वटा उडान भएको तारा एयरले जनाएको छ ।

यसमा भारतीय नागरिक र केही विदेशी यात्रु बढी उडेको समेत कम्पनीको भनाइ छ । यो रुटमा ताराले दैनिक उडान गर्ने भएको छ । खासगरी मुक्तिनाथ जाने यात्रु यो रुटमा हुने उडानबाट लाभान्वित हुनेछन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार