

गोरखा । गोरखामा जिल्ला लिगकप फुटबल प्रतियोगिता सुरु भएको छ । अखिल नेपाल फुटबल संघ एन्फा गोरखाको आयोजनामा गोरखा नगरपालिका १० छेवेटार खेलकुद मैदानमा शनिबारदेखि प्रतियोगिता सुरु भएको हो ।

फागुन २१ देखि चैत ५ गतेसम्म चल्ने प्रतियोगिताको हिजो गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले उद्घाटन गरेका हुन ।
प्रतियोगिता अन्तरगत हिजो २ खेल सम्पन्न भएका छन् । उद्घाटन खेलमा पालुङटारको चेपे आदर्श क्लब विजयी बनेको छ । उसले गोरखा नगरपालिकाको द ओसन क्लबलाई १–० गोल अन्तरले हराउदै विजयी बनेको हो ।
त्यस्तै पहिलो दिनको दोस्रो खेलमा आदर्श युवा क्लब र तारादेवी युवा क्लब १–१ गोलको बराबरीमा रोकिएका छन् ।



एन्फा गोरखाका अध्यक्ष दिपेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमलाई सम्बाधेन गर्दै मेयर राजनराज पन्तले खेलकुद विकासमा नगररपालिका प्रतिवद्ध रहेको बताएका छन् । उनले नगर र जिल्लाभरकै खेलकुद विकासका लागि छेवेटारमा आधा करोड बढी खर्च मैदान लगायतका संरचनाहरु निर्माण गरेको र एक वडा एक मैदान कार्यक्रम समेत कार्यान्वयनको चरणमा रहेको जानकारी दिए ।
त्यस्तै कार्यक्रममा उपमेयर विना कुमारी श्रेष्ठले खेलकुद मार्फत युवाहरुको प्रतिभाको उजागर गर्न नगरपालिकाले बिभिन्न कार्यक्रम अघि बढाएको बताइन् । कार्यक्रममा एन्फा गोरखाका बरिष्ठ उपाध्यक्ष आनन्द गुरुङ काजी लगायतले बोलेको महासचिव विशाल गुरुङले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुनेलाई १ लाख र दोस्रो हुनेलाई ५० हजार नगदसहित ट्रफि, मेडल लगायत प्रदान गरिने आयोजकले जनाएको छ ।

