आगामी ९ वैशाख २०७९ मा हुने यस वर्षको एसईईको लागि अहिलेसम्म प्रश्नपत्र छपाइको काम सुरु भएको छैन।
प्रश्नपत्र छपाइ तयारीकै क्रममा रहेको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए। उनका अनुसार प्रश्नपत्र छपाइको काम अबको केही समयमै हुनेछ।
केन्द्रले प्रश्नपत्रको ‘हार्ड कपी’ सम्बन्धित ठाउँमा पठाउने तयारी गरेको छ।


यद्यपी यसवर्षदेखि एसईईको उत्तरपुस्तिका प्रदेशले जाँच गर्ने छ। राष्ट्रिय परीक्षा बोर्डले प्रश्नपत्र तयार गरेर पठाएपछि प्रदेशले परीक्षा गराएर उत्तरपुस्तिका जाँच गर्ने भएको हो। प्रदेशले पठाएको नतिजालाई बोर्डले प्रमाणीकरण गर्नेछ।
प्रदेशले नतिजा प्रकाशन गर्ने र बोर्डले प्रमाणीकरण गर्ने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष शर्माले यसअघि नै पत्रकार सम्मेलन मार्फत जानकारी दिइसकेका छन्।