• बुधबार, भाद्र ३१ २०८३

एन्फाकाे आयाेजनामा गोरखामा हुने लिगकप फुटबलकाे तयारी सकियाे


शुक्रबार, फाल्गुन २० २०७८
1K
Shares

गोरखा । जिल्ला लिगकप फुटबल प्रतियोगिता तयारी सकिएकाे जिल्ला फुटबल संघ गोरखाले जनाएको छ । प्रतियोगिताको बारेमा जानकारी दिने उदेश्यले बिहीबार पत्रकार सम्मेलन गर्दै आयोजकले उक्त जानकारी दिएको हो ।

‘कोरोना महामारी पछि हामी फुटबलमा फर्र्किएका छौं,’ फुटबल संघका जिल्ला अध्यक्ष दिपेन्द्र श्रेष्ठले भने,‘दोश्रो जिल्ला कप फुटबल प्रतियोगताको आयोजना गरिएको छ । अहिले तिब्र रुपमा तयारीको कामहरु अगाडी बढेका छन् ।

अखिल नेपाल फुटबल संघ एन्फाको केन्द्रिय कार्यक्रम अन्र्तगत यही फागुन २१ गते देखि चैत ५ गतेसम्म प्रतियोगितामा जिल्लाका विभिन्न ११ वटा क्वलको सहभागीता रहनेछ ।

हरमटारी क्लव, ओशन क्लन, दिगुखार्ज युनाइटेड, सतिपिपल क्लब, सुर्यदय क्लब छेवेटारले प्रतिस्पर्धा गर्नेछन् ।

यसैगरी पालुङ नगरपालिकाका मयाङ्दी क्लब पालुङटार, चेपे आर्दश पालुङटार, बौद्ध हिमाल पालुङटार, तालेदेवी युवा क्लब, आर्दश क्लब, च्याङ्ली स्र्पोर्टसले पनि सहभागिता जनाउने उनले बताए । प्रतियोगिताको बिजेता टिमले पुरस्कार पुरस्कार स्वरुप १ लाख पाउने छ । दोश्रो हुनेलाई ५० हजार पुरस्कारको व्यवस्था गरिएको प्रतियोगिताका संयोजक समेत रहेका महासचिव बिशाल गुरुङले बताए ।

विभिन्न विधाका ५ खेलाडीलाई पनि पुरस्कृत गरिनेछ । प्रतियोगिताको तयारीका लागि प्रति क्लव रु १० हजार उपलव्ध गराइएको छ । प्रतियोगितमा सहभागी हुने टिमले बढीमा ५ जना बहिरका खेलाडी मात्र राख्न सकिने छ तर प्लेइङ सेटमा भने ३ जना मात्र खेलाउन पाउने व्यवस्था गरिएका छ । यो भन्दा अगाडीको शहिद स्मारक खेल खेलेका खेलाडीले भने प्रतियोगितमा सहभागी हुन पाउने छैनन् ।

प्रतियोगिताको पहिलो दिन फागुन २१ गते चेपे आर्दश क्लव र ओसन क्लव बीच दिनको १ बजे हुने भएको छ । त्यसै गरि फाइनल खेल चैत ५ गते दिनको २ वजे बाट सुरु हुने श्रेष्ठले जानकारी दिए ।

गोरखा नगरपालिका १० छेवेटारको छेवेटार खेलमैदानमा सञ्चालन हुने उक्त प्रतियोगिता सम्पन्न गर्न कुल ८ लाख ५० हजार रुपैयाँ लागत लाग्ने आयोजक अनुमान छ । जसमध्ये ५ लाख रुपैयाँ एन्फले उपलब्ध गराएको छ ।

बाँकी रकम भने गोरखा ब्रुअरी लगायतका अन्य संस्थाले जुटाउने उनले पत्रकार सम्मेलनमा जानाकारी दिए । विजेता हुने टिमले आगामी गण्डकी प्रदेश स्तरीय लिग खेल्न पाउने छ । प्रदेश लिगको विजेताले शहिद स्मारक सि डिभिजन क्लवमा प्रवेश पाउने छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार