• बुधबार, भाद्र ३१ २०८३

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर


शुक्रबार, फाल्गुन २० २०७८
785
Shares

सुनको साताको अन्तिम दिन आज (शुक्रबार) प्रतितोलामा ९०० रुपैयाँका दरले बढेको छ ।

शुक्रबार छापावाल सुनको भाउ तोलाको ९९ हजार ९०० रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार छापावाल सुन तोलाको ९९ हजारमा कारोबार भएको थियो ।

यसैगरी शुक्रबार तेजावी सुनको भाउ तोलाको ९९ हजार ४०० निर्धारण भएको छ ।

चाँदीको मुल्य भने स्थिर छ । बिहीबार एक हजार ३८० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पनि सोही मूल्यमा काराेबार भइरहेकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार