• बुधबार, भाद्र ३१ २०८३

युक्रेन संकट : खारकिएभ शहर नजिकै हवाई हमला, दुई बच्चासमेत ८ को मृत्यु


बिहिबार, फाल्गुन १९ २०७८
790
Shares

युक्रेनमाथि रुसको हमलाको आज आठौँ दिन हो । यसैबीच युक्रेनले रुसले लगातार आवासीय इलाकालाई निशाना बनाइरहेको दाबी गरिरहेको छ ।

राजधानी किभबाहेक युक्रेनको अर्को एउटा प्रमुख शहर खारकिएभमा स्थिति असाध्यै तनावपूर्ण छ ।खारकिएभ शहर दुई घण्टाको दुरीमा, दक्षिण पूर्वमा इजियम शहरमा दुई बच्चासमेत आठजनाको रुसी हवाई हमलामा मारिएको खबर छ ।

शहरका उप–मेयर वोलोदिमिर मोत्सोकिनले रुसको हवाई हमलामा सिटी सेन्टरलाई असाध्यै हानी भएको र एक सरकारी भवन हमलाको चपेटमा आएको जानकारी दिए । यसकारण थुप्रै प्रहरी अधिकारी घाइते भएका छन् ।

यसअघि आफ्नो सोसल मिडिया अकाउन्टबाट जानकारी सेयर गर्दै उनले आफ्नो अपार्टमेन्टको एक भवनमा बिस्फोटक पदार्थमार्फत् हमला भएको हो । यसमा थुप्रै सर्वसाधारणको मृत्यु भएको बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार