
गोरखा। बैशाख ३० गते हुने निर्वाचनमा गोरखाबाट दुईलाख १९ हजार ३९४ जना मतदाता मतदानमा सरिक हुने भएका छन् । जिल्ला निर्वाचन कार्यालयले अध्यावधिक गरेको सो तथ्यांक दावी बिरोधका लागि प्रत्येक पालिकामा पठाएको जनाएको छ ।
गोरखामा सबैभन्दा धेरै मतदाता गोरखा नगरपालिकामा छन् । यहाँका १४ वटा वडामा कुल ३५,१७३ मतदाता रहेका छन् । यहाँको मतदाता संख्या निम्न अनुसार रहेको जिल्ला निर्वाचन कार्यालय गोरखाले जनाएको छ ।

आउँदो बैशाख ३० गते हुने निर्वाचनमा गोरखाबाट दुईलाख १९ हजार ३९४ जना मतदाता मतदानमा सरिक हुने भएका छन् । जिल्ला निर्वाचन कार्यालयले अध्यावधिक गरेको सो तथ्यांक दावी बिरोधका लागि प्रत्येक पालिकामा पठाएको जनाएको छ ।
विहिबार जिल्लाका ९४ वटै वडामा मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ । सो प्रकाशन पछि कसैको झुटो विवरण समावेश गरेको, दोहोरिएको भए सोको विरोधमा उजुरी दिन पाइने व्यवस्था छ । त्यस्तै मतदाताको मृत्यु भएको वा नागरिकता त्याग गरेको, बसाईसरी गएको उजुरी परेमा यही फागुन २४ गतेसम्म सच्याइने कार्यक्रम रहेको कार्यालयले जनाएको छ । सच्याइएको अन्तिम नामावली २५ गते जिल्ला निर्वाचन कार्यालयले प्रकाशन गर्नेछ र सो तथ्यांक २६ गते निर्वाचन आयोगमा पठाउने पूर्व निर्धारित कार्यक्रम रहेको बताइएको छ । कार्यालयका अनुसार गोरखामा हाल २१५ मतदान स्थाल र तीन सय १५ वटा मतदान केन्द्र रहेको कार्यालयले जनाएको छ ।

आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुने घोषणा भएसँगै माघ २४ गतेबाट मतदाता नामावली संकलन कार्य रोकिइसकेको कार्यालयले जनाएको छ ।
मतदाताको नामावली यकिन गर्नका लागि विवाह, मृत्यु भएको र बसाई सराई सहितको स्थानीय तहमा पञ्जीकरण तथ्यांक माग गरिरहेको छ । विदेश जानका लागि नागरिकता त्याग गरेको व्यक्तिहरुको मतदाता नामावलीको तथ्यांकबाट हटाउन जिल्ला प्रशासनसँग थप विवरण माग गरिरहेको पनि कार्यालयले जनाएको छ । दरौदिबाट साभार

