• बुधबार, भाद्र ३१ २०८३

गोरखा मेयर भेट्रान्स कपमा १२ जिल्लाका १६ टिमको सहभागिता


बुधबार, फाल्गुन १८ २०७८
905
Shares

गोरखा । हिजो मङ्गलबारदेखि मेयर भेट्रान्स कप सुरु भएको छ । द ओसन क्लवको आयोजनामा गोरखा नगरपालिका वडा ९ दलभज्याङमा रहेको कृत्तिम घाँसे मैदानमा प्रतियोगिता सुरु भएको हो। प्रतियोगिताको उद्घाटन मेयर राजन राज पन्तले गरेको क्लबका अध्यक्ष अमित खत्रीले जानकारि दिए।

चौथो फुटबल मेला अन्तर्गत भएको उद्घाटन खेलमा युनिटी चितवन र अलस्टार आबुँखैरेनी लाई ५-३ ले पराजित गरेको खत्रीले बताए । पहिलो दिन एक खेल मात्र भएको उनले बताए । उक्त प्रतियोगितामा ४० वर्ष माथिका उमेर समूहका व्यक्तिहरुले खेल्ने पाउने उनले बताए । १७ गतेबाट सुरु भएको प्रतियोगिता २० गते सकिने छ ।

प्रतियोगितामा चितवन, तनहुँ, कास्की, बारा, लमजुङ, नुवाकोट, झापा, नवलपुर, स्याङजा, काठमाडौको र गोरखा गरी १२ जिल्लाका १६ टिमको सहभागिता रहेको उनले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद रु एक लाख सहित ट्रफी मेडल, प्रमाणपत्र पाउनेछन् । दोस्रो हुने टिमले नगद रु ५० हजार सहित ट्रफि, मेडल, प्रमाणपत्र र खेल अवधिभर उत्कृष्ट प्रर्दशन गर्ने खेलाडीलाई सम्मान गरिने क्लव अध्यक्ष खत्रीले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार