• मंगलबार, साउन १२ २०८३

६ हजार ८७४ जनामा नमुना परीक्षण गर्दा १२७ जनामा कोरोना, ३ को मृत्यु


बुधबार, फाल्गुन १८ २०७८
545
Shares

पछिल्लो २४ घण्टामा देशभर थप १२७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। सोही अवधिमा ३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ८७४ जनामा कोरोना परीक्षण भएको थियो । यससँगै देशभर पीसीआर विधिबाट भएको कोरोना परीक्षणमा कुल ९ लाख ७७ हजार १९९ र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख ३९ हजार ४५७ जनामा  संक्रमण पुष्टि भएको छ  ।

संक्रमितमध्ये हालसम्म ९ लाख ५७ हजार ४८८ जना कोरोनामुक्त भएका छन् । यस्तै हालसम्म ११ हजार ९४१ जनाको मृत्यु भएको हो । पछिल्लो समय कोरोना संक्रमित घट्दै गएका छन् भने हाल देशभर ७ हजार ७७० जना सक्रिय संक्रमित रहेका छन् । 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार