
गोरखा । जिल्लाको शहिदलखन गाउँपालिका वडा नं. ८ बुङकोटमा बृहत् शिबरात्री मेला तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

सन्तानेस्वर महादेब मन्दिर व्यबस्थापन समितिको आयोजना तथा नव इन्दे्रणी बुङकोट युवा क्लव, भिमसेन तारा युवा क्लव र कोटकाली युवा क्लवको सह-आयोजनामा मंगलबार वृहत शिवरात्री मेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको हो । मङ्गलबार भएको कार्यक्रमको उद्घाटन गाउँपालिका अध्यक्ष रमेश बाबु थापा मगरले गरेका थिए ।

व्यबस्थापन समितिको अध्यक्ष उतर कुमार श्रेष्ठको अध्यक्षतामा भजन कृतन र औपचारीक कार्यक्रम गरी मनाइएको थयो। वृहत शिवरात्री मेलामा शिवशक्ति भजन समूह, कृषि तथा उद्यमी महिला, राधाकृष्ण भजन समूह, छापथोक निगरानी महिला समूह, पोखरी डाँडा भजन समूह, बाजागाँजा सहितका विभिन्न भेषभुषामा नृत्य प्रदर्शन गरिएको नव इन्द्रेणी बुङकोट युवा क्लवका अध्यक्ष राजेश श्रेष्ठले बताए ।

शहिदलखन गाउँपालिकाकी उपाध्यक्ष ईन्दिरा तिवारि र वडा नं.८ का वडा अध्यक्ष काशिनाथ अम्गाईको बिशेस अतिथ्यतामा भएको कार्यक्रममा गाउँपालिकाकी सदस्य सकुन थापा मगर, वडा नं. ७ का वडा अध्यक्ष शरण श्रेष्ठ, अमृत बाबु श्रेष्ठ, जिबन अंगाई, भक्त बहादुर ढकाल लगायतले मन्तब्य राखेका थिए ।

