• बुधबार, भाद्र ३१ २०८३

ह्वात्तै बढ्यो सुनको मुल्य, तोलाको कति पुग्यो ?


बुधबार, फाल्गुन १८ २०७८
785
Shares

बुधबार सुन प्रतितोला ९९ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सुन प्रतितोला ९७ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो। 

मंगलबारको तुलनामा आज सुन प्रतितोला एक हजार ९ सय रुपैयाँ बढेको हो। 

त्यसैगरी, आज चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले बढेर १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ। महासंघका अनुसार अघिल्लो दिन चाँदी प्रतितोला १३ सय ३५ रूपैयाँमा कारोबार भएको थियो। 

आज अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य बढेर प्रतिऔंस १९ सय ३८ अमेरिकी डलरमा कोरोबार भइरहेको छ। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार